
उच्च अदालत पाटनका २ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा पेश भएको छ ।
न्यायाधीशद्वय ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध कानूनका विद्यार्थी विवेक चौधरीले पेश गरेको उक्त रिट भोलि (बुधबार) इजलासमा पेश हुने भएको छ ।
अदालतको अवहेलनासम्बन्धी उक्त रिट दर्ता गर्ने/नगर्ने भनी भोलि इजलासमा पेश गरिने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले लोकान्तरलाई जानकारी दिए ।
‘अदालतको अवहेलनासम्बन्धी रिट सोमबार आएको थियो । त्यसलाई सर्वोच्च प्रशासनले दरपीठ गर्न मिल्दैन,’ प्रवक्ता कोइरालाले लोकान्तरसँग भने, ‘उक्त रिट दर्ता गर्न मिल्ने हो वा होइन भन्ने कुराका लागि हामीले भोलि इजलाससमक्ष पेश गर्छौं । इजलासबाट दर्ता गर्न आदेश भए दर्ता गर्छौं । दर्ता गर्न नमिल्ने आदेश आए दर्ता गर्दैनौं ।’
उच्च अदालत पाटनले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानूनी सिद्धान्तको पालना नगरी अदालतको अवहेलना गरेको रिट निवेदकको दाबी छ ।
यस्तो छ रिट :