११ साउन २०८३, सोमबार

कांग्रेस पछारिनुसम्म पछारियो, अब अहंकार छाडेर मिलौं– सीता गुरुङ

चैत १८, २०८२
काठमाडौं
कांग्रेस पछारिनुसम्म पछारियो, अब अहंकार छाडेर मिलौं– सीता गुरुङ

नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले अहंकार छाडेर मिल्नुपर्ने बताएकी छन् ।

पार्टीका दुवै पक्षले संवादहीनता तोडेर सहकार्यको बाटो रोज्नुपर्ने उनको भनाइ छ ।

असन्तुष्ट पक्षले धुम्बाराहीमा बोलाएको भेलामा सहभागी भएकी गुरुङले बुधबार भनिन्, 'विपक्षीहरू माथि गएर खाइसके । भुइँमा बसेर कांग्रेस पछारिनुसम्म पछारियो । कांग्रेसले सिक्नुपर्ने सबै सिकिसक्यो । अब उठ्ने कुरा गरौं, उठाउनका लागि दुई समूहबीच देखिएक‍ो संवादहीनता र अहंकार पनि छाडौं,' गुरुङले भनिन् ।

उनले अदालतले जे निर्णय दिन्छ, दुवै पक्षले त्यसैलाई मानेर अगाडि बढ्नुपर्ने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्