०२ साउन २०८३, शनिबार

सुनचाँदीको मूल्य केही घट्यो

चैत १९, २०८२
काठमाडौं
सुनचाँदीको मूल्य केही घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । सुन तोलामा तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७८० कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ कायम भएको थियो । 

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्