३० जेठ २०८३, शनिबार

खाजाघरमा काम दिने प्रलोभनमा ‘वेश्यावृत्ति’मा लगाएको आरोपमा दुई जना पक्राउ

चैत १९, २०८२
काठमाडौं
खाजाघरमा काम दिने प्रलोभनमा ‘वेश्यावृत्ति’मा लगाएको आरोपमा दुई जना पक्राउ

खाजाघरमा काम दिने प्रलोभन देखाएर महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडितलाई भाडा माझ्ने र सरसफाइको काममा लगाउने भन्दै शुरूमा मासिक ७ हजार र पछि १५ हजार रूपैयाँसम्म तलब दिने प्रलोभन देखाइएको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ की ३७ वर्षीया सुकुमाया तामाङ र सोही गाउँपालिका–४ का ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् ।

सुकुमायाले काठमाडौंको मनमैजुस्थित अशोक खाजा घर र प्रमोदले मञ्जुश्री खाजा घर सञ्चालन गरेका र पीडितलाई परपुरुषसँग रकम लिएर जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोप छ ।

प्रहरीका अनुसार पीडितले अस्वीकार गरेमा उनको मोबाइल नम्बर र फोटो सामाजिक सञ्जाल टिकटकमा ‘वेश्यावृत्तिमा संलग्न’ भन्दै सार्वजनिक गरिदिने धम्की दिई डरत्रास देखाएर उक्त कार्यमा बाध्य पारिएको थियो ।

ब्यूरोबाट खटिएको टोलीले यही चैत १६ गते पीडितको उद्धार गरी दुवै आरोपितलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोका एसपी राजन लिम्बूले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्