
व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भट्टलाई बिहीबार काठमाडौंको नक्साल गैरीधारा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न भट्टलाई पक्राउ गरिएको हो ।
यसअघि उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेको थियो । भट्टविरुद्ध ठूलो ठेक्का र खरिदमा चलखेल गरेको आरोप छ ।
राजनीतिक पहुँचका आधारमा उनले नियुक्ति तथा ठेक्कामा सेटिङ मिलाउने गरेको आरोप पनि छ । उनी इन्फिनिटी होल्डिङस्का प्रमुख हुन् ।
होल्डिङस् र त्यसमार्फत् शंकास्पद कारोबार गरेका विवरण फेला परेपछि २०७९ मंसिरमै उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा तानिएका थिए ।