२१ असार २०८३, आइतबार
सभामुखको निर्वाचन प्रक्रिया

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता– रवि प्रस्तावक, ३ मन्त्री समर्थक

चैत २०, २०८२
काठमाडौं
प्रतिनिधिसभाको सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता– रवि प्रस्तावक, ३ मन्त्री समर्थक

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर अर्यालले शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

रास्वपाले अर्याललाई सभामुखमा अगाडि सारेको छ ।

अर्यालको प्रस्तावक पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्का उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, पार्टी महामन्त्री एवं भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र कानून मन्त्री सोविता गौतम रहेका छन् ।

सभामुखमा उम्मेदवारी मनोनयनका लागि दिउँसो २ बजेसम्मको समय छुट्ट्याइएको छ ।

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्