०५ साउन २०८३, मंगलबार

राष्ट्रियसभामा भागबन्डा : एमालेलाई उपाध्यक्ष, अन्य दललाई संसदीय समितिको नेतृत्व​

चैत २२, २०८२
काठमाडौं
राष्ट्रियसभामा भागबन्डा : एमालेलाई उपाध्यक्ष, अन्य दललाई संसदीय समितिको नेतृत्व​

राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूले विभिन्न पदमा भागबन्डा गरेका छन् ।

दलहरूले सभाको उपाध्यक्ष तथा चार वटा संसदीय समितिको नेतृत्व भागबन्डा गरेका हुन् ।

नेपाली कांग्रेसका सचेतक कृष्णबहादुर रोकायाका अनुसार राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मिलेर जाने सहमति भएको हो ।

सहमतिअनुसार नेकपा एमालेले उपाध्यक्ष पद लिने भएको छ ।

यस्तै नेपाली कांग्रेस २ वटा संसदीय समितिको नेतृत्व पाउँदा नेकपा र जसपाले समान एक/एक समिति सभापति पाउने गरी सहमति भएको हो ।

‘राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चार दलबीच सहमति भएको छ‚’ रोकायाले लोकान्तरसँग भने ।

सहमतिपश्चात् रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षमा एमालेले लिला भण्डारीलाई अगाडि बढाउँदा सर्वसम्मत उम्मेदवार चयन भएकी छन् ।

यता नेपाली कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला र सुशासन समितिको नेतृत्व लिने सहमति भएको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको नेतृत्व लिँदा जसपाले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको नेतृत्व लिने भएको छ ।

हाल राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेस हो । सभामा नेकपा एमाले‚ नेकपा र जसपा गरी चार दलको उपस्थिति रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्