२८ असार २०८३, आइतबार

रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र लेख्ने सर्वोच्चका अधिकृत लिखत कसुरमा दोषी ठहर

चैत २२, २०८२
काठमाडौं
रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र लेख्ने सर्वोच्चका अधिकृत लिखत कसुरमा दोषी ठहर

रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र तयार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले आइतबार विष्टलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएसँगै सजाय निर्धारणका लागि पेश गर्ने आदेश समेत भएको छ ।

null

विष्टले गत वैशाखमा रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी पत्र लेखेका थिए ।

सोही पत्रका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । तर, पत्र फर्जी पाइएपछि चौधरी रिहा भएका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्