२६ असार २०८३, शुक्रबार
संसद् बैठकमा सम्बोधन

हाम्रा लागि कतिको काख रित्तिएको छ, सिउँदो पुछिएको छ ख्याल गर्नुपर्छ- सभामुख अर्याल

चैत २३, २०८२
काठमाडौं
हाम्रा लागि कतिको काख रित्तिएको छ, सिउँदो पुछिएको छ ख्याल गर्नुपर्छ- सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले आफूहरूलाई सत्ता र शक्तिमा पुर्‍याउन तथा देशमा समृद्धीको अपेक्षा राखेर कयौं कलिला युवाहरूले बलिदान गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सदनलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई सदनमा पुर्‍याउन कति आमाहरूको कोख रित्तिएको छ, कतिको सिउँदो पुछिएको छ, कति अपाङ्ग, अङ्गभङ्ग भएका छन् ।’

यो दर्दनाक घटना सहन गर्दै देशमा सुशासन कायम, भ्रष्टाचारको अन्त्य र आर्थिक सुशासन कायम होस् भनेर जनताले आफूहरूलाई जिम्मेवारी दिएको सभामुख अर्यालले बताए । 

‘हामीले परिणाममुखी काम गर्नुपर्नेछ । संसद्‌मा सबैको सहयोगले गरिमा बढ्छ । सबैले असल संवैधानिक अभ्यास गर्नुपर्छ । संसद् सबैभन्दा बढी अनुशासन र मर्यादामा चल्नुपर्छ’, उनले भने ।

साथै, उनले आफूलाई निर्विरोध सभामुख बनाउन सहयोग गरेकोमा सबै दलका प्रतिनिधिलाई धन्यवाद समेत दिए । 

अर्यालले कतिपय पुराना, निष्क्रिय र एकापसमा बाझिएका कानून रहेको र नयाँ बनाउनुअघि कानून खारेजी र एकीकृत गर्ने विषयमा सबै जुट्न सासंदहरूलाई आग्रह गरे । 

सांसदले गर्ने सबै गतिविधि जनताले अनुगमन गर्ने भन्दै सभामुख अर्यालले सबै नेपाली नागरिकले आफू सहभागी छु भन्ने सदनमा महसुस गराउनुपर्ने बताए । 

सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकाले आफू सोही अनुसार अघि बढ्ने अर्यालले प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्