
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ । रास्वपा सांसद गणेश पराजुलीको सभापतित्वमा उक्त समिति गठन भएको हो ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद् कविन्द्र बुर्लाकोटीले समिति गठनको प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्तावालई सीता थपलिया‚ गणेश सिंह ठगुन्ना‚ युवराज दुलाल‚ ध्रुवराज राई‚ भरत गिरी‚ पुष्पा कुमारी चौधरीले समर्थन गरे । उक्त प्रस्ताव र समर्थनलाई आजको सभाले सर्वसम्मत पास गरेको छ ।
पराजुली नेतृत्वमा रहेको समिति सदस्यमा डा. ओजस्वी शेरचन‚ ऐनबहादुर महर‚ खगेन्द्र सुनार‚ खुस्बु ओली‚ गजेला समिम निगरानी‚ तपेश्वर यादव‚ ध्रुवराज राई‚ निशा डाँगी‚ निश्कल राई‚ बलावती शर्मा‚ मधु चौलागाईं‚ यज्ञमणि न्यौपाने, रेखा यादव र सुलभ खरेल रहेका छन् ।
यो समितिले १४ दिनको समयावधि पाएको छ ।