३२ असार २०८३, बिहीबार

उपसभामुखको निर्वाचन २७ गते शुक्रबार

चैत २५, २०८२
काठमाडौं
उपसभामुखको निर्वाचन २७ गते शुक्रबार

सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार मिति तोकेका छन् । 

आज बसको प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका हुन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेकी थिइन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरे । 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गरे ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्