०३ साउन २०८३, आइतबार
हिरासतमुक्त पूर्व प्रधानमन्त्री

रिहा भए एमाले अध्यक्ष ओली, परिवारको जिम्मा लगाएर छाडियो

चैत २६, २०८२
काठमाडौं
रिहा भए एमाले अध्यक्ष ओली, परिवारको जिम्मा लगाएर छाडियो
फाइल तस्वीर

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् ।

सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार ओलीलाई रिहा गरिएको हो ।

शिक्षण अस्पतालमा उपचाररत ओलीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । ओलीलाई लिन पत्नी राधिका शाक्य टिचिङ अस्पताल पुगेकी थिइन् ।

जेनजी आन्दोलन सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा यही चैत १४ गते बिहान ओली पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।

बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै ओली पक्राउ परेका थिए । 

ओलीपत्नी राधिका शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।

यसबीचमा मुद्दा दायर गर्न सम्भव नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयबमोजिम हाजिरी जमानीमा छाडिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्