०९ साउन २०८३, शनिबार

अर्थमन्त्री वाग्लेले गरे पेन्सन प्रमाणीकरण प्रणालीको शुरूआत

चैत २७, २०८२
काठमाडौं
अर्थमन्त्री वाग्लेले गरे पेन्सन प्रमाणीकरण प्रणालीको शुरूआत

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेन्सन प्रमाणीकरण प्रणालीको शुरूआत गरेका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली शुरूआत गरेका हुन् ।

यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैंक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैंक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ ।​

यो प्रणाली शुरूआत पछि के हुन्छ ?

-निवृत्तभरकहरू भौतिक रूपमा उपस्थित हुन पर्दैन, अब घरैबाट सेवा प्राप्त गर्न सकिन्छ ।

-भुक्तानी गर्नुपर्ने बैंक कमिसनको भार (वार्षिक सरदर १५ करोड) घट्ने ।

-नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सकिने ।

-पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि कम हुने ।

-यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ (निष्क्रिय ४४ हजार समेत) निवृत्तभरकको हैरानी अब समाप्त हुन्छ र अनलाइनमा घरैबाट यो सेवा प्राप्त हुन्छ ।​​​

यो प्रणाली शुरू गर्नु अघिको अवस्था के थियो ?

-नयाँ निवृत्तभरक केबल बैंक छान्ने कार्यका लागि मात्र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्था थियो ।

-निवृत्तभरक स्वयम् बैंकमै उपस्थित भई हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने थियो ।

-पेन्सन रकम र कर गणना गर्ने कार्य म्यानुअल्ली हुने गरेको थियो ।

-समयमै नवीकरण नहुँदा नगद प्रवाह अनुमानयोग्य हुन सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्