११ साउन २०८३, सोमबार

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

बैशाख २, २०८३
काठमाडौं
गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुमार कुँवरले राजीनामा दिएका छन् ।

उनले प्रदेशका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा पत्र लेखेका हुन् । यद्यपि, प्रदेश सभा सचिवालयले भने अहिलेसम्म राजीनामा पत्र प्राप्त नभइसकेको जनाएको छ । 

उनी २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बागलुङ २ (२) बा प्रत्यक्ष निर्वाचित भएका थिए । 

उनले आमनागरिकको भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेको भन्दै क्षमा समेत मागेका छन् ।

उनले आफू कुनै सार्वजनिक पदमा नरहे पनि सेवा र सत्कर्ममा कुनै कम नरहने प्रतिबद्धता समेत जनाएका छन् ।

मंगलबार नै गण्डीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मुख्यमन्त्री पाण्डे कांग्रेसकै हुन् ।

राजीनामा दिएका सांसद कुँवर मन्त्रीका आकांक्षी रहेको बुझिएको छ । मन्त्रीमा आफ्नो नाम नपरेपछि उनले राजीनामा दिएको चर्चा छ । 

salt training

कमेन्ट गर्नुहोस्