२४ असार २०८३, बुधबार
कांग्रेस अनुशासन समिति

नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण

बैशाख २, २०८३
काठमाडौं
नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण
फाइल फोटो

​​नेपाली कांग्रेस अनुशासन समितिले नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग गरेको छ ।

बुधवार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कासँग स्पष्टीकरण माग्ने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

अनुशासन समितिले पूर्वउपसभापति खड्काले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर विज्ञप्ति प्रकाशित गर्नु विधानविपरीतको काम भएको निष्कर्ष निकालेको छ।

यसअघि खड्काले कांग्रेसको कार्यवाहक सभापतिको नाममा चैत ३० गते विज्ञप्ति प्रकाशित गरेका थिए ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिँदै खड्काले वैशाख २८ देखि कांग्रेसको १५ औं महाधिवेशन गर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

७ दिनभित्र स्पष्टीकरण नदिएमा विधानअनुसार कारबाही हुने गुरुङले बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्