०४ साउन २०८३, सोमबार

क्रिकेटर शेन वार्नका छोराको आरोप : कोभिड भ्याक्सिनका कारण पिताको निधन भयो

बैशाख ३, २०८३
काठमाडौं
क्रिकेटर शेन वार्नका छोराको आरोप : कोभिड भ्याक्सिनका कारण पिताको निधन भयो

अस्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नको ५२ वर्षकै उमेरमा निधन भएको थियो । चार वर्षअघि अप्रत्यासित रूपमा उनको निधन भएपछि विश्व खेलकुद स्तब्ध: बनेको थियो ।

थाइल्यान्ड भ्रमणमा रहँदा उनलाई हृदयाघात भएको थियो । उनको निधनको विस्तृत जानकारी भने हालसम्म पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

शेन वार्नको निधनको चार वर्षपछि आएर अहिले उनका छोरा ज्याक्सनले एउटा गम्भीर विषय सार्वजनिक गरेका छन् । ज्याक्सनले आफ्नो पिताको निधन कोभिड भ्याक्सिनका कारण भएको दाबी गरेका छन् ।

आफ्ना पिताले बाध्यतावश कोभिडको चारवटा भ्याक्सिन लगाउनु परेको दाबी पनि गरेका छन् । 

‘उहाँ भ्याक्सिन लगाउने पक्षमा हुनुहुन्थेन । तर, काम गर्ने स्थानमा प्रवेश गर्न भ्याक्सिन लगाउनै पर्ने बाध्यता थियो,’ सञ्चारमाध्यमसँगको कुराकानीमा ज्याक्सनले भनेका छन् ।

पहिलेदेखि नै आफूलाई यस विषयमा शंका लागेको पनि उनले बताएका छन् ।

‘कोभिड भ्याक्सिनका कारण नै उहाँको निधन भएको हो भन्नेमा म विश्वस्त छु । मेरो यो भनाइले कुनै विवाद ल्याउला भन्ने मलाई लाग्दैन,’ उनले भनेका छन् ।

ज्याक्सनले आफ्ना पितामा पहिलेदेखि नै केही स्वास्थ्य समस्या रहेको पनि स्वीकार गरेका छन् ।

‘उहाँको स्वास्थ्यमा केही समस्या थियो । तर, कोभिड भ्याक्सिन लगाएपछि त्यो समस्या झनै गम्भीर बनेर आयो,’ ज्याक्सन भन्छन् ।

पिताको शोक सभामै आफूले यो विषय उठाउन खोजेको पनि उनले बताएका छन् ।

‘म शोक सभामै यो विषय उठाउन चाहन्थेँ । तर, मुस्किलले त्यसो गर्नबाट रोकेँ । त्यतिबेला यो कुरा उठाएको भए मेरो अवस्था अर्कै हुन्थ्यो,’ ज्याक्सनले भनेका छन् ।
 

कमेन्ट गर्नुहोस्