०४ साउन २०८३, सोमबार
कांग्रेसको आधिकारिकता विवाद

कांग्रेस विवादको न्यायिक परीक्षण– देउवा र पूर्णबहादुरको रिटमाथि सर्वोच्चमा सुनुवाइ

बैशाख ३, २०८३
काठमाडौं
कांग्रेस विवादको न्यायिक परीक्षण– देउवा र पूर्णबहादुरको रिटमाथि सर्वोच्चमा सुनुवाइ

नेपाली कांग्रेसको विवादसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । 

पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भइरहेको हो ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको रिटमा निर्वाचन आयोग तथा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा लगायतलाई विपक्षी बनाइएको छ ।

पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

निर्वाचन आयोगले त्यसलाई वैधता दिएपछि देउवा पक्ष अदालत गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्