३२ असार २०८३, बिहीबार

सभामुखलाई भेट्न पुगे विपक्षी दल

बैशाख ३, २०८३
काठमाडौं
सभामुखलाई भेट्न पुगे विपक्षी दल

प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलहरू सभामुख डिपी अर्याललाई भेट्न पुगेका छन् ।

नेपाली कांग्रेस‚ नेकपा एमाले तथा नेकपाका नेताहरू बिहीबार दिउँसो सभामुख भेट्न पुगेका हुन् ।

विशेषगरी संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने मागसहित उनीहरू सभामुख भेट्न पुगेका हुन् ।

सभामुख भेट्नुअघि यी दलले लेखा समिति सभापतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने समझदारी गरेका थिए ।

उनीहरू सभामुखलाई भेट्न जाँदै गर्दा रास्वपा संसदीय दलको बैठकले पनि लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्