
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ ।
यससँगै गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले कांग्रेसको आधिकारिकता पाएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित देउवा र खड्काले रिट दायर गरेका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार राति यस्तो फैसला गरेको हो ।
बिहीबारदेखि नै शुरू भएको सुनुवाइ शुक्रबार सकिएर फैसला आएको हो ।
सर्वोच्चले के भन्यो ?





