२२ जेठ २०८३, शुक्रबार
देउवा पक्षको प्रतिक्रिया

सर्वोच्चको फैसला अस्वीकार गर्ने भन्ने हुँदैन, गगनजीले एकताको सूत्र खोज्नुपर्छ- डा. महत

बैशाख ४, २०८३
काठमाडौं

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको शुक्रबारको फैसलालाई अनपेक्षित भनेको छ ।

पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज भएपछि देउवा पक्षले यस्तो प्रतिक्रिया दिएको हो ।

पार्टीका पूर्व प्रवक्ता समेत रहेका नेता डा. प्रकाशशरण महतले अनपेक्षित फैसला आए पनि स्वीकार गरेर अगाडि बढ्ने बताए ।

'सर्वोच्चको फैसला अनपेक्षित एवं आशा गरेभन्दा विपरीत आयो । कानूनीरूपमा आएको फैसलालाई अस्वीकार गर्ने भन्ने हुँदैन । अर्को ठाउँ छैन,' महतले भने, 'कानूनी रूपमा जे फैसला आए नि राजनीतिक रूपमा पार्टीभित्र अझै समस्या छ ।'

उनले पार्टीको वर्तमान नेतृत्वले एकताको सूत्र खोज्नुपर्ने बताए ।

'राजनीतिक प्रश्नको, राजनीतिक समस्याको समाधान गरिनुपर्छ र गगनजीहरूले पहल गरेर एकतामा जोड्ने सूत्र खोज्नुपर्छ, नभए पार्टीमा थप खतरा आउँछ ।'

उनले हरेश नखान आफ्नो समूहका नेताहरूलाई आग्रह गरेर । पार्टीले एकताको पहल नगरे भोलि के गर्ने भन्ने विषयमा बसेर छलफल गर्न सकिने उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्