२८ असार २०८३, आइतबार

सुधन विवादमा हर्कको टिप्पणी– कास्टिङ झुर भयो, रास्वपाको निर्णय क्षमतामै प्रश्न उठ्यो

बैशाख ८, २०८३
काठमाडौं
सुधन विवादमा हर्कको टिप्पणी– कास्टिङ झुर भयो, रास्वपाको निर्णय क्षमतामै प्रश्न उठ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार गठन भएको एक महिना नबित्दै मन्त्रीहरू विवादमा परेको घटनाले सरकारको कास्टिङ झुर भएको टिप्पणी गरेका छन् ।

मन्त्रीहरू एकपछि अर्को गरी विवादमा आउँदा रास्वपाको निर्णय क्षमतामै प्रश्न उठेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश जारी गर्दै साम्पाङले मन्त्रीहरू विवादमा आउनु राम्रो लक्षण नभएको बताएका हुन् ।

‘अचम्म लाग्छ सरकार बनेको १ महिना भएको छैन, कुन मन्त्री के मा फस्यो भन्ने सुन्नु परेको छ । रास्वपाले कस्तो मान्छेलाई मन्त्रिपरिषद्‌मा लगेको रहेछ भन्ने बारेमा प्रश्न चिन्ह खडा भएको छ । राम्रो संकेत गरेको छैन,’ उनले भने, ‘यस्तो सिनारियोमा देशले कसरी सुशासन गर्छ होला । कास्टिङ झुर भयो जस्तो लाग्छ । रास्वपाको निर्णय क्षमतामा पनि प्रश्न उठ्यो ।’

साम्पाङले विवादमा आएका गृहमन्त्री सुधन गुरुङलाई स्पष्टीकरण भन्दा पनि राजीनामा गर्न सुझाव दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्