०७ साउन २०८३, बिहीबार

फागुनको चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भयो– शंकर पोखरेल

बैशाख ९, २०८३
काठमाडौं
फागुनको चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भयो– शंकर पोखरेल
फाइल फोटो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनाव भदौ २३–२४ को घटनाको भाग २ का रूपमा मञ्चित भएको टिप्पणी गरेका छन् ।

भदौ २३–२४ को घटना प्रतिगमनको बाटो भएकोले संसद् पुनःस्थापना गरेर जानुपर्ने आफुहरूको त्यतिबेलाको लाइन ठीक रहेको उनको जिकिर छ ।

नेकपाको ७७ औं स्थापना दिवसको अवसरमा बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले एमालेले धक्का व्यहोरेको चुनाव भदौको घटनाको भाग २ भएको दाबी गरेका हुन् ।

‘भदौ २३–२४ को घटना अग्रगमन होइन प्रतिगमनको बाटो हो भन्ने हाम्रो निष्कर्ष थियो । हामीबाहेक कुनै पार्टीले त्यो सच्चाइलाई आत्मसात गर्न नसक्दा फागुन २१ को चुनाव त्यही घटनाको भाग २ को रूपमा मञ्चित भयो,’ पोखरेलले भने ।

पोखरेलले भविष्यमा एमालेलाई फेरि जनताको शक्तिको रूपमा स्थापित गर्ने संकल्प व्यक्त गरे । ‘शहरिया मध्यम वर्ग पार्टीबाट अलग भएको छ, प्रवासी नेपालीहरू मूलधारका राजनीतिक दलप्रति असन्तुष्ट भएका छन्, यो कुरालाई मनन गरेर हामीले उनीहरूलाई सम्झाउनु पर्छ,’ पोखरेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्