
रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा विद्यालयको खाताबाट रकम झिकेर हिनामिना गरेको देखिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन प्रधानाध्यापक खनाल र लेखापाल ठकबहादुर बुढाथोकीविरुद्ध जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो कायम गरेर कैद र जरिवानाको सजायको मागदाबी गरेको छ ।
यस्तै, विद्यालयका सहायकद्वय रमा शाह र गौरी रावत केसी, तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्का, मुसिकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीविरुद्ध ८८ हजार ८११ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको सजायको मागदाबी गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, आयोगले दाङको तुलसीपुर उप-महानगरपालिका, वडा नम्बर ६ बस्ने डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।
आयोगले श्रेष्ठविरुद्ध ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।
यस्तो छ अभियोगपत्र: