३२ असार २०८३, बिहीबार

यस कारण विशेष छ मुम्बई इन्डियन्सविरुद्धको सन्जु सामसनको शतक

बैशाख ११, २०८३
काठमाडौं
यस कारण विशेष छ मुम्बई इन्डियन्सविरुद्धको सन्जु सामसनको शतक

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा चेन्नई सुपर किङ्ले मुम्बई इन्डियन्सलाई एक सय तीन रनले हराउँदा सन्जु सामसनले उत्कृष्ट शतक बनाए ।

आईपीएलमा शतक बन्नु सामान्य विषय हो । तर, चेन्नईका लागि सन्जु सामसनले बनाएको शतक भने केही विशेष छ ।

ओपनर ब्याट्सम्यान सामसनले उक्त खेलमा आक्रामक ब्याटिङ गर्दै केवल ५४ बलको सामना गरी ६ छक्का र १० चौकाको मद्दतले अविजित एक सय एक रन बनाएका थिए ।

सामसनले चेन्नईको तर्फबाट पहिलो पटक आईपीएल खेलेका हुन् । उनी आईपीएलको इतिहासमा मुम्बईविरुद्ध शतक प्रहार गर्ने चेन्नईको पहिलो ब्याट्सम्यान बनेका छन् ।

चेन्नई र मुम्बई पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएका छन् । यसअघि पनि पटक-पटक यी दुई टोली आपसमा भिडेका थिए । तर, शतक भने कसैले बनाउन सकेको थिएन ।

यसैगरी, सामसन आईपीएलको एउटै सिजनमा एकभन्दा बढी शतक प्रहार गर्ने पाँचौँ ब्याट्सम्यान पनि बनेका छन् ।

उनले अप्रिल ११ तारिखमा खेलिएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा पनि शतक (अविजित ११५ रन) बनाएका थिए । मुम्बईविरुद्ध उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।

salt training

कमेन्ट गर्नुहोस्