१२ असार २०८३, शुक्रबार

सिन्धुली घटना : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ७ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने

बैशाख ११, २०८३
काठमाडौं
सिन्धुली घटना : डीआईजीको संयोजकत्वमा छानबिन समिति गठन, ७ दिन भित्र प्रतिवेदन बुझाउनुपर्ने
फाइल फोटो

इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा फेला परेका श्रीकृष्ण विकको मृत्युबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले डीआईजी दिनेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

समिति सदस्यहरूमा एसपी रवीन्द्र नाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजीत सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र सई राजेश्वर सापकोटा सदस्य छन् ।

समितिलाई सात दिन भित्र सत्यतथ्य जाँच गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

वैशाख ७ गते विक इलाका प्रहरी कार्यालयको शौचालयमा सर्टले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।

लगत्तै उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्