०२ साउन २०८३, शनिबार
विपक्षीको बैठक

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

बैशाख १६, २०८३
काठमाडौं
सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपक्षी दलहरूको बैठक बोलाएका हुन् । 

बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुने आङदेम्बेको सचिवालयले जनाएको छ । 

विपक्षी खेमामा कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अन्य राजनीतिक दल सरकारमा छैनन् । महावीर पुन पनि स्वतन्त्र सांसदका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । 

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको खुलेको थियो । मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको सार्वजनिक भएको थियो । 

लगत्तै प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँको राजनीति र सार्वभौम संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्