२९ असार २०८३, सोमबार

राष्ट्रपतिले तेस्रो पटक फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

बैशाख २०, २०८३
काठमाडौं
राष्ट्रपतिले तेस्रो पटक फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन् ।

सरकारले सिफारिस गरेका मध्ये पटक-पटक गरी ७ वटा अध्यादेश जारी गर्दै उनले आइतबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका हुन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउने राष्ट्रपतिको निर्णय यो तेस्रो हो ।

यसअघि, उनले दुई पटक उक्त अध्यादेश फिर्ता पठाइसकेका थिए ।

तत्कालीन मन्त्रिपरिषद्‌को २०८२ मंसिर २ गतेको निर्णय बमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२ समेत जारी नभएको राष्ट्रपतिले स्मरण गराएको छ ।

त्यसअघि, २०८२ असार २५ गतेको मन्त्रिपरिषद्ले समेत पठाएको सोही विधेयक पेश हुँदा राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पटक यस अघि नै सोही विधेयक र अध्यादेश सन्देशसहित फिर्ता पठाइएकाले बालेन्द्र शाह नेतृत्वको सरकारले २०८३ वैशाख १४ गते पठाएको उक्त अध्यादेशको विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाइएको विज्ञप्तिमा उल्लेख छ ।

null

राष्ट्रपति पौडेलले आइतबार साँझ केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

यसअघि राष्ट्रपति पौडेलले वैशाख १९ गते शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका थिए ।

यस्तै, उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका थिए ।

यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्