०९ साउन २०८३, शनिबार

तीन खेलअगावै उपाधि चुमेपछि इन्टरका मिडफिल्डर भन्छन्- गल्तीको बीचबाट पनि सफलता खोज्न सकिन्छ

बैशाख २१, २०८३
काठमाडौं
तीन खेलअगावै उपाधि चुमेपछि इन्टरका मिडफिल्डर भन्छन्- गल्तीको बीचबाट पनि सफलता खोज्न सकिन्छ

इन्टर मिलानले तीन खेलअगावै इटालियन सिरिए फुटबलको उपाधि चुमेको छ । इन्टरले सोमबार बिहान सम्पन्न महत्वपूर्ण खेलमा पार्मालाई २–० गोलले हराउँदै उपाधि उचालेको हो ।

रोमाञ्चक खेलमा इन्टर मिलानले दुवै हाफमा एक–एक गोल गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा मार्कस थुरामले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा १० मिनेटअघि इन्टर मिलानका लागि हनरिक मखतारयनले अर्को गोल गरेका थिए ।

जारी सिजनको सिरिएमा अब अधिकांश टोलीले तीन–तीन खेलमात्र खेल्न बाँकी छ । यस्तो स्थितिमा ८२ अंकसहित इन्टर तालिकाको पहिलो स्थानमा आसिन छ ।

समान ३५ खेल खेलेको नापोली ७० अंकसहित दोस्रो स्थानमा छ । बाँकी तीनवटै खेलमा इन्टर पराजित र नापोली विजयी भए पनि नापोलीले उपाधि जित्ने सम्भावना छैन ।

इन्टर मिलानले जितेको यो २१औँ सिरिए उपाधि हो । इन्टरले यसअघि सन् २०२३–२४ सिजनमा सिरिएको उपाधि जितेको थियो ।

सबैभन्दा बढी इटालियन सिरिएको उपाधि जित्ने क्लबको सूचिमा इन्टर दोस्रो स्थानमा आसिन छ । यो सूचिको पहिलो स्थानमा आसिन युभेन्ट्सले ३६ पटक उपाधि उचालेको छ ।

जारी सिजनको सिरिएमा इन्टरले पछिल्लो ६ खेलमा १९ गोल गरिसकेको छ । इन्टरले ३५ मध्ये २६ खेलमा जित, चार खेलमा बराबरी र केवल पाँच खेलमा हारको नतिजा निकालेको छ ।

‘म सधैं भन्छु, मैदानमा खेलाडीबाट गल्ति हुने सम्भावना पर्याप्त रहन्छ । तर, हाम्रो टोली मैदानमा सधैं संगठित रहन्छ र गल्तिको बीचबाट पनि सफलता खोज्न सक्छ,’ उपाधि जितेपछि इन्टरका मिडफिल्डर निकोलो बारेलाले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्