२५ जेठ २०८३, सोमबार
अन्तर्वार्ता

विदेशी भूमिमा नमीठो खेल राजनीतिको शिकार भएँ, आजसम्म पीडा भुलेकी छैन– मानमती बिष्ट

‘एथ्लेटिक्सले अपमान दियो, कबड्डीले नयाँ चिनारी’
बैशाख २१, २०८३
काठमाडौं

नेपाली माटोसँग भिजेको खेल हो, कबड्डी । त्यसैले यो नेपालको परम्परागत र मौलिक खेल पनि हो । समयको कुनै कालखण्डमा कबड्डी नेपालको राष्ट्रिय खेलका रूपमासमेत चर्चित थियो ।

नेपाली कबड्डीले अन्तर्राष्ट्रिय खेलवृत्तमा आफ्नो छाप छाड्न भने लामै प्रतिक्षा गर्नुपर्‍यो । तर, पछिल्लो समय नेपाली कबड्डीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा एकपछि अर्को उपलब्धि हासिल गर्दै आएको छ ।

यसबीचमा, एसियालीस्तरका प्रतियोगिताहरूमा पनि नेपाली कबड्डीले आफ्नो दरिलो उपस्थिति दर्ता गराइसकेको छ । खासगरी महिला कबड्डीले हासिल गरेको उपलब्धि लोभलाग्दो छ ।

१३औँ साग खेलकुदमा रजत पदक जितेर चर्चामा आएको महिला कबड्डीले पछिल्लो समय दक्षिण एसियाली आकाश छिचोल्दै एसियालीस्तरकै प्रतियोगिताहरूमा पदक जित्ने गौरव हासिल गरिसकेको छ ।

यसबीचमा, नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद (एसियाड)मा ऐतिहासिक कांस्य पदक जितेको छ भने इरानमा सम्पन्न एसियालीस्तरको प्रतियोगितामा समेत तेस्रो स्थान हासिल गरेको छ ।

यतिमात्र होइन, हालै चीनको सान्यामा सम्पन्न छैटौँ एसियन बिच गेम्समा समेत नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेर देशको प्रतिष्ठा बढाएको छ ।

यस अर्थमा, नेपाली कबड्डीको इतिहासकै यो ‘स्वर्णिम पुस्ता’ हो । यही स्वर्णिम पुस्ताकी महत्त्वपूर्ण सदस्य हुन्, मानमती बिष्ट । उनी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान पनि हुन् ।

पछिल्लो समय नेपाली महिला कबड्डीले हासिल गरेको हरेक सफलतामा उनको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

कबड्डीमा भविष्य खोज्नुअघि उनी एथ्लेटिक्सकी प्रभावशाली खेलाडी थिइन् । उनले वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत एथ्लेटिक्समा स्वर्ण पदक जितेकी थिइन् ।

तर, एथ्लेटिक्स खेलमा भविष्य खोजिरहँदा उनी नमीठो ‘खेल राजनीति’को शिकार बन्न पुगिन् । उनकै शब्दमा, त्यो उनको खेलजीवनकै सबैभन्दा निराशाजनक क्षण थियो ।

छनोट प्रतियोगितामा आफूलाई अब्बल सावित गर्दै १२औँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुन भारतको गुवाहाटी–सिलोङ पुगेकी उनले अन्तिम समयमा आएर त्यो प्रतियोगिता खेल्न पाइनन् ।

त्यसपछि खेलक्षेत्रबाटै बिरक्तिएकी उनलाई सहारा दिने अर्को खेल बन्न पुग्यो, कबड्डी । समय सधैँ एकनासको हुँदैन । आज यही कबड्डी खेल मानमतीको जीवनको पर्याय बन्न पुगेको छ ।

भर्खरै चीनबाट ऐतिहासिक कांस्य पदक बोकेर फर्किएकी मानमतीसँग लोकान्तरले नेपाली कबड्डीको विगत, वर्तमान र भविष्यको विषयमा कुराकानी गरेको छ ।

कुराकानीका क्रममा हामीले मानमतीसँग उनको खेलजीवन, एथ्लेटिक्स खेल छाड्नुको कारण, छैटौँ एसियाली बिच खेलकुदको प्रदर्शन, सुदूरपश्चिमको कञ्चनपुरदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा, एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जित्दाको क्षण लगायतका विषयमा प्रश्न सोधेका थियौँ ।

यसैगरी, हामीले कप्तानको भूमिकाले एउटा खेलाडीमा थप्ने जिम्मेवारी, कबड्डीको राष्ट्रिय टोलीमा स्थान बनाउन गर्नुपरेको संघर्ष, एउटा खेलाडीका रूपमा उनले देखेको सपना, नेपाली खेलकुदको वर्तमान अवस्थाजस्ता विषयमा पनि प्रश्न गरेका थियौँ ।

मानमतीको भनाइका केही हाइलाइट्स:

० त्यो पिडादायी क्षणको जवाफ मैले आजसम्म पाएकी छैन ।

० विदेशी भूमिमा नमीठो ‘खेल राजनीति’को शिकार भएँ, त्यसपछि डिप्रेसनकै अवस्थामा पुगेकी थिएँ ।

० सरकारले अभ्यासका लागि एउटा कभर्डहल बनाइदिए पुग्छ ।

० एसियाली खेलकुदमा रजत पदक त जसरी पनि जित्छौँ ।

० एथ्लेटिक्सले अपमान दियो, कबड्डीले नयाँ चिनारी ।

प्रस्तुत छ, मानमतीसँग गरिएको कुराकानीको सम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्