०९ साउन २०८३, शनिबार

धरान र बुटवलपछि पोखरामा सुकुम्बासीहरूको विरोध जुलुस [फोटोफिचर]

बैशाख २१, २०८३
काठमाडौं
धरान र बुटवलपछि पोखरामा सुकुम्बासीहरूको विरोध जुलुस [फोटोफिचर]

काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलेपछि काठमाडौं बाहिरका सुकुम्बासी आन्दोलित भएका छन् ।

सोमबार पोखराका सुकुम्बासी र अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका हुन् ।

पोखरा महानगरले अतिक्रमित संरचना खाली गर्न ३५ दिनको म्याद दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका हुन् । पोखराका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सोमबार पृथ्वी चोकमा कोणसभा गरेका थिए ।

आफूहरूको उचित व्यवस्थापन पछिमात्र सुकुम्बासी बस्तीमा डोजर चलाउन उनीहरूले जिल्ला प्रशासनमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाविना स्थान खाली नगर्ने अडान लिएका छन्। 

काठमाडौंमा सुकुम्बासी बस्तीमा डोजर चलेपछि देशका विभिन्न भागमा विरोध शुरू भएको छ ।

सोमबार बर्दियामा पनि प्रदर्शन भएको छ । यसअघि शनिबार सुनसरीको धरान, आइतबार रूपन्देहीको बुटवलमा ठूला विरोध जुलुस निस्केका थिए ।​

हेर्नुहोस्, पोखरामा निस्किएको विरोध जुलुस :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्