२६ जेठ २०८३, मंगलबार

प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ

बैशाख २३, २०८३
काठमाडौं
प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित पर्सामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका-८ बस्ने १९ वर्षीय विश्वास परियार रहेका छन् । 

ठोरी गाउँपालिका-१ चौताराचोकमा प्रहरीको नियमित चेकिङ टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३-००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

प्रहरीले उनले पाइन्टको खल्तीमा लुकाइ छिपाइ राखिएको कालो प्लाष्टिकभित्र ल्याबोरेट लेखिएको नीलो रंगको लागूऔषध जस्तो देखिने क्याप्सुल ४७५ थान बरामद गरेको छ र 

बरामद लागूऔषधसहित नियन्त्रणमा लिई परियारमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्