३१ असार २०८३, बुधबार
पोखरा विमानस्थलमा भ्रष्टाचार प्रकरण

पोखरा विमानस्थल प्रकरणमा अर्का पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख २४, २०८३
काठमाडौं
पोखरा विमानस्थल प्रकरणमा अर्का पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ठेकेदार कम्पनीलाई कर छुट दिएर राज्यलाई नोक्सानी गराएको आरोपमा कार्की लगायत तत्कालीन नेपाल सरकारका सचिवसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ सालको जेठ २४ गते कार्की अर्थमन्त्री नियुक्त भएका थिए ।

पोखरा विमानस्थल प्रकरणमा कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध पनि गत मंसिर २१ गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

विशेष अदालतले हालै उनको स्वास्थ्य परीक्षण गर्न आदेश गरेको थियो ।

पढ्नुहोस् यो पनि- ६ पटकका अर्थमन्त्री डा. रामशरण महतलाई पद छाडेको दशकपछि भ्रष्टाचार मुद्दा

salt training

कमेन्ट गर्नुहोस्