२६ जेठ २०८३, मंगलबार

शोभा पाठकलाई हातपात गरेको आरोपमा पक्राउ परेका १० जनालाई धरौटीमा छाड्न आदेश

बैशाख २४, २०८३
काठमाडौं
शोभा पाठकलाई हातपात गरेको आरोपमा पक्राउ परेका १० जनालाई धरौटीमा छाड्न आदेश

शोभा पाठक भनिने जानुका पाठकलाई माइतीघर मण्डलमा आक्रमण गरेको आरोपमा पक्राउ परेका १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

आक्रमण संलग्न भनेर मुद्दा चलाइएकी नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी र शर्मिला बस्नेतलाई काठमाडौं जिल्ला अदालतले जनही ५०/५० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बाँकी ८ जनालाई भने जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको हो ।

अम्बिका, शर्मिलासँगै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना केसी, कमला बस्नेत, नीता खत्रीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।

माइतीघरमा धर्ना बसेकी पाठक र यो समूहबीच हात हालाहाल भएको थियो । पाठक सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने माग राख्दै धर्ना बसेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्