
सरकारले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेललाई संसद्मा सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सङ्घीय संसद् अधिवेशन शुरूकै दिन संसद्मा राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्ने निर्णय भए पनि के विषयमा सम्बोधन गर्ने भन्ने विषय खुलाइएको छैन ।
राष्ट्रपति पौडेलले संसद्को यसअघिको अधिवेशनमा पनि सम्बोधन गरेका थिए ।