३० जेठ २०८३, शनिबार

खारेज गर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थी संगठनले हाले सर्वोच्चमा रिट

बैशाख २५, २०८३
काठमाडौं
खारेज गर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थी संगठनले हाले सर्वोच्चमा रिट

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारको उक्त निर्णयविरुद्ध विभिन्न विद्यार्थी संगठनहरूले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय निर्णय प्रथम दृष्टिमै कानूनी रूपले शून्य र अधिकार क्षेत्रविहीन रहेको रिटमा दाबी गरिएको छ ।

'विपक्षीहरूको निर्णय प्रथम दृष्टिमै कानूनी रूपले शून्य र अधिकार क्षेत्रविहीन छ । दर्ता नै नभएका र कानूनी व्यक्तिको रूपमा नरहेका वैचारिक मञ्च (विद्यार्थी संगठन) कार्यकारी आदेशले खारेज गर्ने वा हटाउने घोषणा गर्नु आफैंमा एउटा कानूनी मूर्खता हो । कानून संशोधन नै नगरी कार्यकारी आदेशको भरमा प्रतिबन्ध लगाउनु पृथकीकरणको सिद्धान्तको बर्खिलाप समेत छ,' रिटमा भनिएको छ ।​

अन्तरिम आदेश जारी नभई विपक्षीको निर्णय कार्यान्वयन भएमा गैरसंवैधानिक कार्यले निरन्तरता पाउने र राज्यमा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने रिट निवेदकहरूको दाबी छ ।

साथै, संघसंस्थामा संगठित हुन पाउने नागरिक अधिकारमा ह्रास आउने र त्यसले विद्यार्थीको नेतृत्व विकासमा अपूरणीय क्षति हुने दाबी रिटमा गरिएको छ ।

'अन्तरिम आदेश जारी नभई विपक्षीको निर्णय कार्यान्वयन भएमा गैरसंवैधानिक कार्यले निरन्तरता पाउने भई राज्यमा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने, संघ संस्थामा संगठित हुन पाउने नागरिक अधिकारमा ह्रास आउने र त्यसले विद्यार्थीको नेतृत्व विकास समेतलाई प्रभाव पार्न गइ अपूरणीय क्षति उत्पन्न हुन जाने अवस्था छ,' रिटमा थप भनिएको छ ।​

यस्तो छ रिट :

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्