२६ जेठ २०८३, मंगलबार

फेल भएपछि प्रधानाध्यापकलाई कालोमोसो, एकै परिवारका चार पक्राउ

बैशाख २५, २०८३
काठमाडौं
फेल भएपछि प्रधानाध्यापकलाई कालोमोसो, एकै परिवारका चार पक्राउ

विद्यालयको शिक्षक परीक्षामा अनुत्तीर्ण भएको विषयलाई लिएर प्रधानाध्यापकलाई कालोमोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका–४ लोजनीस्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको आरोपमा एकै परिवारका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीया तारा महता, उनका श्रीमान् ४२ वर्षीय प्रेम महता, देवर ३८ वर्षीय मोहन महता र देउरानी ३४ वर्षीया सकुन्तला महता रहेका छन् ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

May be an image of text

salt training

कमेन्ट गर्नुहोस्