०६ साउन २०८३, बुधबार

२९ लाख पर्ने मोटरसाइकल चोरी भएपछि…

बैशाख २७, २०८३
काठमाडौं
२९ लाख पर्ने मोटरसाइकल चोरी भएपछि…

काठमाडौंमा एक जनाको २९ लाख रूपैयाँ पर्ने मोटरसाइकल चोरी भएको पाइएको छ । 

मोटरसाइकल चोरी भएपछि सम्बन्धित धनीले प्रहरीमा उजुरी/निवेदन दिएका थिए । त्यसपछि खोजीमा लागेको ट्राफिक प्रहरीले उक्त मोटरसाइकल फेला परेको छ ।

अप्रिल्ला कम्पनीको उक्त मोटरसाइकल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई समेत बुझाइसकेको छ । 

योसँगै ट्राफिक प्रहरीले आइतबार ६५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई बुझाएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका यी सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । 

दुई दर्जनबढी मोटरसाइकल उपत्यकाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेर धनीलाई बुझाइएको ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

यो आर्थिक वर्षमा मात्रै काठमाडौं उपत्यकाबाट दुई हजार २६ वटा सवारीसाधन चोरी भएको निवेदन ट्राफिक प्रहरीमा परेको थियो । जसमध्ये पाँच सय ३४ वटा फेला पारी चार सय ४५ वटा सम्बन्धी धनीलाई जिम्मा लगाइएको छ । 

चोरी भएका तर, मुद्दा चल्ने देखिएपछि ट्राफिक प्रहरीले २६ वटा मोटरसाइकल र ३८ जना मानिसलाई सम्बन्धित प्रहरी वृत्तमा पठाएको एसएसपी अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्