
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो देखिएपछि उडान र अवतरण प्रभावित भएको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भएका छन् ।
यस्तै, हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ । त्यसैगरी अधिकांश माउन्टेन फ्लाइट डिले भएका छन् ।
सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो देखिएको थियो ।
दमकल प्रयोग गरेर आगो निभाइएको छ । विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरूलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।