०८ साउन २०८३, शुक्रबार

अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

बैशाख २९, २०८३
बुटवल
अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

अर्घाखाँचीको पाणिनिमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस बीसीले जानकारी दिए ।

सुपादेउराली दर्शनका लागि जाँदै गरेको ध १ ख ५०४ नम्बरको रिजर्भ बस पाणिनि गाउँपालिका ८ दुर्गाफाटमा दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

घाइतेको उद्धार गरी अस्पताल पठाइएको डीएसपी बीसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्