२९ असार २०८३, सोमबार

अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

बैशाख २९, २०८३
बुटवल
अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडुलेमा मंगलबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

अर्घाखाँची प्रहरी प्रमुख डीएसपी दिवस बीसीका अनुसार अर्घाखाँची जिल्ला अस्पतालमा ३ जना र पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा १ जनाको निधन भएको हो । 

मृतकको पहिचान खुल्न नसकेको बीसीको भनाइ छ ।

पर्वतको मोदीबाट अर्घाखाँची सुपादेउराली मन्दिर दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्