२१ असार २०८३, आइतबार

विद्यालयहरूमा हप्तामा दुई दिन बिदा लागू भएसँगै हिउँदे र बर्खे बिदा कटौती

बैशाख २९, २०८३
काठमाडौं
विद्यालयहरूमा हप्तामा दुई दिन बिदा लागू भएसँगै हिउँदे र बर्खे बिदा कटौती

नेपाल सरकारले आगामी शैक्षिक सत्र २०८३ देखि देशभरका शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक परिपत्र जारी गर्दै आगामी शैक्षिक सत्रदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत्र २२ गतेको निर्णय र मन्त्रालयको वैशाख २८ गतेको निर्णयानुसार यो नयाँ व्यवस्था लागू हुन लागेको हो । दुई दिन बिदा दिँदा घट्न जाने कार्यघण्टालाई सन्तुलनमा राख्न केन्द्रले विद्यालयको समयतालिका र बिदाका दिनहरूमा व्यापक हेरफेर गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरूले साबिकमा पाउँदै आएको ४५ दिनको हिउँदे वा बर्खे बिदालाई कटौती गरी ३० दिनमा झार्नुपर्नेछ । 

सोमबारदेखि शुक्रबारसम्म विद्यालयमा पूरा समय पठनपाठन सञ्चालन गर्नुपर्नेछ । दैनिक समयतालिकामा १५ मिनेट प्रार्थना र ३० मिनेट खाजा समय अनिवार्य गरिएको छ ।

केन्द्रका निर्देशक डा. श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनाअनुसार, अब पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्याङ्कन पठनपाठन भएकै दिन वा पढाइमा असर नपर्ने गरी गर्नुपर्नेछ । वार्षिक परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन मात्र उपयोग गर्न पाइने व्यवस्था गरिएको छ ।

विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउन केन्द्रले शुक्रबारको दिनलाई 'परियोजना कार्य'को रूपमा उपयोग गर्न निर्देशन दिएको छ । 

समुदाय, परिवार, सन्दर्भ सामग्री र सूचना प्रविधिको प्रयोगमा आधारित बहुविषय परियोजना कार्यहरू शुक्रबार दिनुपर्नेछ ।

 यसका लागि पाठ्यक्रम विकास केन्द्रले तयार पारेको 'परियोजना तथा प्रयोगात्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका, २०८२' लाई आधार मान्न सकिने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्