०७ साउन २०८३, बिहीबार

प्रधानमन्त्री खोज्दै प्रतिनिधि सभामा विपक्षी दलको अवरोध

बैशाख ३०, २०८३
काठमाडौं
प्रधानमन्त्री खोज्दै प्रतिनिधि सभामा विपक्षी दलको अवरोध

सरकारका नीति तथा कार्यक्रममा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न संसद्‌मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वयं उपस्थित हुनुपर्ने भन्दै विपक्षी दलले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयको काम सकिएर सभामुखले कार्यसूचीमा प्रवेश गर्न खोज्दा विपक्षी दलका सांसद उठेर विरोध जनाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदन अवरोध गरेका हुन्।

सभामुखले प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेश गर्न समय दिन खोजेका थिए ।

सभामुख डोलपसाद अर्यालले नियमावलीको व्यवस्था बुझाउन खोज्दा विपक्षी सांसदहरूले होहल्ला गरे ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री नआउने भए ‘प्रधानमन्त्री बिनाको सरकार भननुपर्ने’ टिप्पणी गरे ।

जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् । पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका हुन् । 

कमेन्ट गर्नुहोस्