
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलई कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्थाको पूर्ण रूपमा पालना गरी कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन र सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न सूचना जारी गरेको हो ।
निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक भातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठनमा आबद्ध भइ सदस्यता लिएको वा राजनीतिक क्रियाकलापमा संलग्न भएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
यसअघि सरकारले निजामती कर्मचारीका ट्रेड युनियन संगठन खारेज गर्ने निर्णय गरेको थियो ।
जसका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्ने अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।
