३२ असार २०८३, बिहीबार

धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गर्ने घोषणा

जेठ २, २०८३
काठमाडौं
धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गर्ने घोषणा

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । 

श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले शनिबार भने, 'तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।'

चन्द्रबाबुले भने, 'धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।'

दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्।

चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिनेगरेको पाइन्छ ।

मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको र यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नुनहुने बताउँदै आएका छन् । 

उाले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्