२८ जेठ २०८३, बिहीबार

मस्को क्षेत्रमा ड्रोन आक्रमण, ३ जनाको मृत्यु

जेठ ३, २०८३
काठमाडौं
मस्को क्षेत्रमा ड्रोन आक्रमण, ३ जनाको मृत्यु

रुसको राजधानी मस्को वरपरको क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभले दिएको जानकारीअनुसार एउटा आवासीय घरमा मानवरहित हवाई यान ठोक्किँदा एक महिलाको ज्यान गएको हो । साथै थप एक व्यक्ति भग्नावशेषमुनि फसेका र दुई पुरुषको पनि मृत्यु भएको पुष्टि भएको उनले बताएका छन् । 

उनले बिहान करिब ३ बजेदेखि नै वायु रक्षा प्रणालीले ठूलो मात्राको आक्रमण रोक्ने प्रयास गरिरहेको बताए ।

यस घटनामा कम्तीमा ४ जना घाइते भएका छन् भने विभिन्न पूर्वाधार संरचनाहरूमा पनि क्षति पुगेको छ ।

राजधानी मस्कोमा मेयर सर्गेई सोब्यानिनका अनुसार रातभरमा कम्तीमा ७४ वटा मानवरहित हवाई यान खसालिएको वा अवरुद्ध गरिएको थियो ।

उनका अनुसार भग्नावशेष खस्दा १२ जना घाइते भएका छन् र केही स्थानमा सामान्य क्षति भएको छ ।

पछिल्लो २४ घण्टामा १२० वटा मानवरहित हवाई यान नष्ट गरिएको दाबी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्