२३ असार २०८३, मंगलबार
इतर समूहलाई गगनको प्रस्ताव

१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई जिम्मेवारी दिन चाहन्छु, विशेषमा नआएको भनेर विभेद हुँदैन– गगन थापा

जेठ ३, २०८३
काठमाडौं
१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई जिम्मेवारी दिन चाहन्छु, विशेषमा नआएको भनेर विभेद हुँदैन– गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्न चाहेको बताएका छन् । कसैलाई वरिष्ठ बनाउन परे त्यसका लागि पनि तयार रहेको उनले बताए ।

प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा पनि इतर समूहलाई सहभागी गराउने बताएका हुन् ।

'१४औं महाधिवेशनबाट निर्वाचित भएको ठूलो पङ्क्ति बाहिर छ । प्रत्येकलाई ल्याएर, सहभागी भएर काम गर्न चाहन्छु,' थापाले भने, 'अधिवेशनको तिथिमिति तय भएको छ, पार्टीको निर्वाचन समितिमा अरू को-को साथी राख्दा हुन्छ त्यसमा पनि छलफल गर्छौं ।'

सभापति थापाले अहिले पार्टी राष्ट्रिय एजेन्डामा छलफलमा व्यस्त भए पनि पार्टीको आन्तरिक विषयलाई पनि उत्तिकै महत्त्व दिएको बताए । उनले जिम्मेवारी बाँडफाँट गर्दा विशेष महाधिवेशनमा सहभागी भए नभएको नहेरिने स्पष्ट गरे । 

'अवसरको सन्दर्भमा, को विशेषमा आएको थियो, थिएन भन्ने कुरामा निर्णय हुँदैन,' थापाले भने ।

सभापति थापाले क्रियाशील सदस्यता सम्बन्धमा महामन्त्री प्रदीप पौडेलको समितिमा समेत हेरफेर गर्न सकिने तर सदस्यता अद्यावधिक नगर भन्न नमिल्ने बताए । 'सदस्यताको कुरा गर्दा कांग्रेसको एक्टिभ मेम्बरलाई नवीकरण गर भनेका हो । अद्यावधिक नगर्ने भनेर के भनेको ?,' थापाले भने, 'नयाँ साथी ल्याउनुस्, सबलाई जोड्नुस् भनेको ।'

salt training

कमेन्ट गर्नुहोस्