२२ असार २०८३, सोमबार

प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- तपाईं नेपोबेबी हो कि होइन ?

जेठ ५, २०८३
काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न- तपाईं नेपोबेबी हो कि होइन ?

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माका विषयमा संसदीय सुनुवाइ चलिरहेको छ ।

संसदीय समितिमा पुगेर न्यायाधीश शर्माले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । त्यसपछि समितिका सदस्य सांसदहरूले उनका विषयमा विभिन्न प्रश्न गरेका छन् ।

उनलाई सत्तारूढ रास्वपा र नेकपाका सांसदले नेपोबेबीको प्रश्न उठाएका छन् । रास्वपा सांसद राजीव खत्रीले न्यायाधीश शर्माका विषयमा नेपोबेबीको प्रश्न उठेको भन्दै यसमा के हो भनेर प्रश्न सोधे । 

‘तपाईं न्यायाधीश हुँदा बधाई थाप्न कुनै अमुक पार्टीको कार्यालय गएको, हाल सर्वोच्च अदालतमा आफूविरुद्ध आएका रिट निवेदनलाई दरपीठ गर्न सर्वोच्च प्रशासनका कर्मचारीलाई निर्देशन कुरा आएको छ, यो के हो ?’, सांसद खत्रीले भने ।

यस्तै, नेकपा सांसद वर्षमान पुनले पनि यो विषयमा जिज्ञासा राखे । नेपोबेबीका रूपमा सर्वोच्चको न्यायाधीश भएको, पूर्वपदाधिकारीको निगाह रहेको विषय के हो भने पुनले सोधे ।

‘यति मात्र होइन अदालतमा ग्रुपिज्म भइरहेको कुरा छ । सर्वोच्चकै न्यायाधीशको नेतृत्वमा बनेको समितिले अदालतमा भ्रष्टाचार हुने भनेर प्रतिवेदन तयार पारेको छ । अदालतभित्रको भ्रष्टाचार अन्त्य कसरी गर्नुहुन्छ ?’, सांसद पुनले सोधे ।  

अहिले न्यायाधीश शर्माले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । यसअघि समितिले मंगलबार नै उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका थिए । शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्