०२ साउन २०८३, शनिबार
प्रधानन्यायाधीशको सुनुवाइ

मेरो कारणले रिट दरपीठ भएको होइन, प्रशासनबाट भएको विषयमा टिप्पणी गर्दिन– मनोज शर्मा

जेठ ५, २०८३
काठमाडौं
मेरो कारणले रिट दरपीठ भएको होइन, प्रशासनबाट भएको विषयमा टिप्पणी गर्दिन– मनोज शर्मा

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश डा. मनोजकुमार शर्माले प्रधानन्यायाधीश सिफारिशविरुद्ध दर्ता हुन आएका रिट दरपीठ आफ्नो कारणले नभएको बताएका छन् ।

अहिले बार एसोसिएसनले गरेको विरोध अदालत प्रशासनको विचमा नमिलेर भएको हुनसक्ने उनको भनाइ छ ।

संसदीय सुनुवाइ समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा शर्माले आफ्नो कारणले दरपीठ नभएको बताएका हुन् ।

‘मेरो कारणले रिट दरपीठ भएको होइन, सर्वोच्च प्रशासन आफैं स्वतन्त्र रहेको अवस्था छ । प्रशासनबाट विवेक प्रयोग भएको होला, यसमा थप टिप्पणी गर्न चाहिन,’ शर्माले संसदीय सुनुवाइ समितिमा भने ।

शर्माले आफू प्रधानन्यायाधीश नियुक्त भएमा न्यायालयमा न्याय सम्पादन छिटो छरितो बनाउने प्रतिबद्धता जनाए ।

संसदीय सुनुवाइ समितिले यसअघि उजुरीकतासँग छलफल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्