
शिक्षा मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन प्राप्त भएको जनाएको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार अनलाइनमार्फत आवेदन सङ्कलन गरिएको जनाएको हो ।
सूचनाअनुसार त्रिविमा सबैभन्दा बढी ५० आवेदन परेको छ ।
