३१ जेठ २०८३, आइतबार

छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै सिराहाको जिरोमाइलमा स्थानीयको प्रदर्शन

जेठ ११, २०८३
काठमाडौं
छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै सिराहाको जिरोमाइलमा स्थानीयको प्रदर्शन

छोटी भन्सार पुनर्स्थापनाको माग गर्दै सिरहामा स्थानीयले प्रदर्शन गरेका छन् । 

छोटी भन्सार पुन: स्थापना संघर्ष समिति नै बनाएर उनीहरूले सोमबार दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनले पूर्व-पश्चिम राजमार्ग केही बेर अवरुद्ध बनेको थियो ।

अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले लोकान्तरलाई जानकारी दिए ।

डीएसपी पालका अनुसार प्रदर्शनकारीहरूले जिरोमाइल भन्ने स्थानमा प्रदर्शन गरेका हुन् । 'उनीहरूले मध्याह्नपछिको समयमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए, अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ,' उनले भने । 

उनीहरूले करिब २० मिनेट जति प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई तितरबितर पारेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्